aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

काठमाडौं महानगरले हटायो असन क्षेत्रका अवैध संरचना (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
काठमाडौं महानगरले हटायो असन क्षेत्रका अवैध संरचना (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रमा रहेका अवैध संरचना हटाएको छ । मंगलबार महानगरले असन क्षेत्रका मन्दिर आसपासमा रहेको अवैध रुपमा सञ्चालित पसलहरु हटाएको हो ।  

त्यस क्षेत्रको सडकमा व्यापार व्यवसाय गर्दा काठमाडौंको सौन्दर्यता पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको भन्दै महानगरले व्यापार व्यवसाय हटाएको हो । मन्दिर आसपासका पेटीहरुमा राखिएका सामान र अवैध रुपमा बनाइएका संरचनाहरु महानगरको टोलीले हटाएको छ। 

महानगरले आइतबार २४ घण्टाभित्र यी क्षेत्रमा रहेका पसल तथा अवैध संरचनाहरु हटाउन निर्देशन दिएको थियो । निर्देशन दिइएको २४ घण्टाभित्रमा पसल नहटाएकोले महानगरले नै आफै यी संरचना तथा पसलहरुलाई हटाएको हो । 

हेर्नुहोस्, तस्बिरमा 

तस्बिरः श्याम गौरो/आर्थिक न्युज डटकम  

प्रतिक्रिया दिनुहोस