काठमाडौं । आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको चुनावमा उम्मेदवारले खर्चको सीमा निर्धारणदेखि शैक्षिक योग्यता समेत खुलाउनु पर्ने माग राख्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्दै यस्तो माग गरेका हुन् ।
उनले दायर गरिएको रिटमा उल्लेख गरिएको छ, ‘२०७९/०८/०४ को निर्वाचनलाई मध्यनजर गरेर राजनैतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गर्नु र मतदाताको जानकारीका लागि प्रत्येक उम्मेदवारलाई निजको शैक्षिक योग्यता, फौजदारी कसुरमा मुद्दा चलेको वा सजाय पाएको अवस्था, तिर्नु पर्ने राजश्व तिरेको अवस्था र अदालती दण्ड जरिवाना लागेको भए सो तिरेको अवस्था झल्किने गरी घोषणा गर्न लगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ ।’
त्यस्तै, शर्माले राजनीतिमा भएको अपराध अपराधको राजनीतिकरणलाई रोक्न व्यापक अध्ययन अनुसन्धान गरी कानुनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्न भनी परमादेशको आदेश जारी गर्न समेत उनले माग गरेका छन् । यस्तै उम्मेदवारको आर्थिक, सामाजिक र राजनैतिक एव कानुनी विगत र वर्तमान प्रस्ट हुने विवरण माग्ने र त्यस्तो विवरण गलत वा झुट्टा भएमा उम्मेदवारी एक निर्वाचित भएमा निर्वाचित पद समाप्त हुने गरी कानुनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनी परमादेशको आदेश जारी गर्न समेले अधिवक्ता पौडेलले माग गरेका छन् ।




प्रतिक्रिया दिनुहोस