काठमाडौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शान्दार” स्किम ल्याएको छ ।
यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रूपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल वेवसाइटमा पठाउनु पर्नेछ । कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।
बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको डिलर÷रिटेलरबाट गरिने कम्पनीले जनाएको छ । यो योजना भदौ २० देखि कात्तिक सम्म २ महिनाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस