aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

वीरगञ्जको औषधि गोदाममा छापा, ठूलो परिणाममा म्याद गुज्रिएको औषधि फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
वीरगञ्जको औषधि गोदाममा छापा, ठूलो परिणाममा म्याद गुज्रिएको औषधि फेला

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्ज वीरगञ्ज महानगर कमिटी अध्यक्ष अजित भुजेलको टोलीले वीरगञ्जको औषधि गोदाममा छापामारेको छ । वीरगञ्ज स्थित जि. फर्मा लिंक प्रालि र युपिएस फर्मा प्रालिमा मंगलबार अनुगमन गरिएको हो ।  

अध्यक्ष भुजेलको टोलीले ती औषधि गोदामबाट ठूलो परिणाममा म्याद नाघेको लाखौँको औषधि फेला परेको छ । यसका साथै सो फर्माको स्टकमा राखेको औषधिको गोदाम समेत  सिल गरिएको छ । 

जि फर्मा लिंक प्रालीले भारतबाट उत्पादित डाक्टर रेडी फर्मास्युटिकलको औषधि बिक्री वितरण गर्दै आएको छ । डाक्टर रेडी फर्मास्युटिकलको उत्पादित म्याद नाघेको औषधि ठूलो मात्रामा वीरगञ्ज बजार क्षेत्रमा जथाभाबी फाँकिएकोबारे जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी आएपछि आज छापामारी गरिएको अध्यक्ष भुजेलले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले उजुरीको आधारमा अनुगमन गर्दा मिति नाघेको औषधि ठूलो परिणाममा फेला परेकोले सिल गरिएको छ । यसबारे थप अनुसन्धान गर्नु पर्ने भएकोले गोदाम सिल गरिएको छ । 

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, वडा प्रहरी कार्यालय बिर्ता, सञ्चारकर्मीहरूको संयुक्त टोलीको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस