aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सत्ता गठबन्धनले बहुमत ल्याउन रणनीति बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
सत्ता गठबन्धनले बहुमत ल्याउन रणनीति बनाउने

काठमाडौं । नेपाली कांग्रसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले सत्ता गठबन्धन बहुमत ल्याउने गरी रणनीति बनाएर अघि बढ्नुपर्ने बताएका छन । आगामी चुनावमा रणनीतिसहित अघि बढेमा मात्रै निर्वाचनपछि गठबन्धनको सरकार बन्ने उनले बताए ।  

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता प्रधानले सिट बाँडफाँटबारे गठबन्धनभित्र निर्णय भइनसकेको बताए । गठबन्धनले बहुमत ल्याउने गरी सिट बाँडफाँट गर्नुपर्नेमा उनले जोड दिए । “नेताहरुले गठबन्धनको बहुमत आउने गरी अभ्यास गरिरहनु भएको छ”, उनले भने । कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने उल्लेख गर्दै नेता प्रधानले भने, “८० सिटमा सहमति हुने सम्भावना न्यून छ ।” 

प्रतिक्रिया दिनुहोस