aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

काठमाडौं । राउण्ड टेवल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । 

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् । 

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस