aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अर्थ मन्त्रालयको ४५ दिनको कामः निर्वाचन खर्च व्यवस्थापनदेखि ग्याँस सिलिण्डर विस्थापितसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
अर्थ मन्त्रालयको ४५ दिनको कामः निर्वाचन खर्च व्यवस्थापनदेखि ग्याँस सिलिण्डर विस्थापितसम्म

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ४५ दिनमा  मन्त्रालयबाट सम्पादित कामहरु सार्वजनिक गरेको छ । यस अवधिमा मन्त्रालयले निर्वाचन खर्च व्यवस्थापदेखि बजेट कार्यान्वयनसम्मका कामहरु सार्वजनिक गरेको हो ।

अर्थ मन्त्रालयले संघीय एवं प्रादेशिक निवार्चनका लागि निर्वाचन आयोग एवं सुरक्षा निकायहरुलाई आवश्यक बजेट सुनिश्चित गरिएका जनाएको छ । साथै आर्थिक वर्ष २०७९/८० को बजेटले परिलक्षित गरेको लक्ष्य हासिल गर्ने गरी विनियोजन भएको रकम खर्च गर्ने सम्बन्धमा सबै मन्त्रालय÷केन्द्रीय निकायहरुलाई २०७९/४/१ मा बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन पठाइएको समेत मन्त्रालयले जनाएको छ । 

त्यस्तै, चालू आवको बजेट तथा कार्यक्रमको नतिजामुखी कार्यान्वयनका लागि अर्थमन्त्रीबाट विभिन्न मन्त्रालयहरुका सचिवहरुसँग समन्वयात्मक बैठक आयोजना गरिएको, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय र अन्तर्गतका निकायहरुको समय सारणी सहितको कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । यसका साथै कार्यसम्पादनलाई नतिजामुखी एवं पदाधिकारीहरुलाई काम प्रति उत्तरदायी बनाउन विभागीय मन्त्री, सचिव, सचिव र महाशाखा प्रमुख सचिव र विभागीय प्रमुख बीच कार्यसम्पादन करार सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयका अनुसार सिंहदरबार परिसरबाट श्रावण महिनाभित्र ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने र ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुल्हो प्रयोगलाई देशव्यापी बनाउने सरकारको नीति अनुरुप ग्याँस सिलिण्डर पूर्णरुपमा विस्थापित गरिएको छ । 

यस्ता छन् चालू आवको ४५ दिनमा अर्थ मन्त्रालयबाट सम्पादित कामहरु 

प्रतिक्रिया दिनुहोस