aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नक्सा पास नगरी घर बनाउनु भएको छ ? महानगरपालिकाले दियो ९० दिनको समय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
नक्सा पास नगरी घर बनाउनु भएको छ ? महानगरपालिकाले दियो ९० दिनको समय

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र नक्सा पास नगरी बनाइएको अवैध संरचनालाई वैध बनाउन ९० दिनको समय मिलेको छ । नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न महानगरपालिकाले बिहीबार सूचना प्रकाशित गरेर मौका दिएको हो । 

सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न’ अनुरोध गर्दै महानगरपालिकाले सूचना प्रकाशित गरेपछि त्रसित बनेका महानगरपालिका भित्रका घरधनीहरुलाई राहत मिलेको छ । पछिल्लो दुइहप्तादेखि महानगरपालिकाले आक्रामक शैलीमा नक्सा पास नभएका संरचनाहरु भत्काइ रहेको छ । 

हेर्नुहोस् महानगरले प्रकाशित गरेको सूचना :

प्रतिक्रिया दिनुहोस