aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शिक्षकले भाँच्दिए विद्यार्थीको हात, विद्यार्थी संगठनबाट कारबाहीको माग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २३ भदौ २०७९
शिक्षकले भाँच्दिए विद्यार्थीको हात, विद्यार्थी संगठनबाट कारबाहीको माग

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिए । विद्यार्थीको दायाँ हातको हड्डी फुटेको छ ।

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले हान्नुभयो । सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले पुट्ठामा हान्दा हातमा लागेर औला फ्याक्चर भएको बताए । ‘यो मिडियामा ल्याउने खालको विषय छैन । सामान्य हो । म आफै विद्यार्थीलाई हस्पिटल लिएर आएको छु ।’

घाइते विद्यार्थीकोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पलाष्टर गरिएको छ । विद्यार्थी कुटपिट गर्ने शिक्षक बिरुद्ध प्रहरी चौकी चिराघाटमा अभिभावकले उजुरी समेत दिएका छन् । विद्यार्थी कुटपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ ।

विद्यार्थी संगठनद्वारा कारबाहीको माग

विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलद्धारा संयुक्त जारी प्रेस विज्ञप्ती घटना प्रति दुख व्यक्त गरेका छन् । विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेपछि विद्यार्थी संगठनले कारबाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस