aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सनवेमा कजेलको इन्फ्लुएन्सरहरुसँग अन्तक्र्रिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
सनवेमा कजेलको इन्फ्लुएन्सरहरुसँग अन्तक्र्रिया

काठमाडौं । काठमाडौंको सनवे कलेजले बुधबार समाजिक संजालमा प्रभाव राख्ने  विभिन्न क्षेत्रहरुका  व्यक्तिहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । इन्फ्लुएन्सर मिटअप बेटा नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्र र एजेन्सीबाट करिब ३ दर्जन व्यक्तिहरु उपस्थित भएका थिए । 

कलेजले ती व्यक्तिहरुसँग अन्तक्रिया गर्ने र एकअर्काबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । कार्यक्रममा अपेक्षा गरिएभन्दा धेरै जना सहभागी भएको र सफलतापूर्वक सम्पन्न गरिएको कलेजले जानकारी दिएको छ । 

कार्यक्रममा कलेजका विद्यार्थीले विभिन्न प्रस्तुति पनि दिएका  थिए । कार्यक्रममा इन्फ्लुएन्सहरुसँग फोटो खिच्न धेरै बुथहरु पनि राखिएको थियो । प्रसंशकहरुले आफ्ना मन पर्ने इन्फ्लुएन्सहरुका लागि हातले लेखिएको सन्देश र नोटहरु पनि बनाए र त्यसमा आफ्ना भावना, प्रभाव र उनीहरुको जीवनमा ती इन्फ्लुएन्सरले दिएको प्रेरणा पनि उल्लेख गरेका थिए । उपस्थित एन्फ्लुएन्सरको सुरक्षाका लागि नेपाली प्रहरीले सहयोग गरेको थियो । 

कार्यक्रममा इभा गिरी, अश्विन न्यौपाने, ललाना चिमोरिया, बोनिता शर्मा, श्रेणी खतिवडालगायतका विभिन्न इन्फ्लुन्सर र शेरचन कन्सल्टिङ, इलान्स, आइडिए, आडियाजार लगायतका एजेन्सीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको सनवे कलेजले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस