aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकको आग्रह

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् । 

लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग गरेका छन् ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालका लागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए । 

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएकी छिन् । यसैबिच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका न् । अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस