aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

बैंकिङ कसूर मुद्दामा फरार दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
बैंकिङ कसूर मुद्दामा फरार दुई जना पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका ८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका ११ थापाथलीबाट पक्राउ गरेको हो । 

पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए । 

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस