aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

रुसले नियन्त्रणमा लिएका बस्तीहरूमा फेरि युक्रेनको कब्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
रुसले नियन्त्रणमा लिएका बस्तीहरूमा फेरि युक्रेनको कब्जा
फाइल फोटो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई सुखद समाचारको संज्ञा दिएका छन्। जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन्।

उनले भने, ‘अहिले ती ठाउँहरूको नाम भन्ने सही समय होइन।’ पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन्।

अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन्। सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे । युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ।  

प्रतिक्रिया दिनुहोस