काठमाडौं । भारत अत्तरिया ठाना घर भइ हाल काठमाडौंमा बसोबास गर्ने मनोजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार१३ः३० बजेको समयमा काठमाडौं महानगरपालिका वडानंम्बर २२ न्यूरोडबाट १६ लाख लुटिएको खबर प्रहरीमा उजुरी गरका थिए । न्यूरोड स्थित पाको न्युरोडमा माक्स लगाएका अज्ञात २ जना व्यक्तिहरु मो.सा.मा आई आपूmसँग भएको नगद १६ लाख रुपैयाँ प्रहरी टोली खटी गई उक्त स्थानमा पुगे पश्चात निज मनोज कुमार शाह (पीडित) ले भने बमोजिम घटना स्थल साथै सो वरपरका सि.सि.टि.भी. फुटेज हेर्दा त्यस्तो कुनै घटना भएको नदेखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्दै जाँदा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको भन्ने शंकामा निजसँगनै सोधपुछ र अनुसन्धान गर्दा साहले गोयल कम्पनीमासविगत ३ महिनादेखि काम गरि कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको खुलेको प्रहरीले जनाएको छ ।
साहले बैमानी पुर्वक ठगी खाने नियतले निजको का.जि.का.म.न.पा.१५ डल्लु स्थित कोठामा रकम राखेर लुटिएको झुटा खबर प्रहरीमा दर्ता गराएको खुल्न आउको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । गोयल कम्पनीको खाताको रकम लुटिएको नाटक गरेर उक्त रकम आफ्नै कोठामा लुकाएर राखेको प्रहरीको अनुसन्धानबाट फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस