
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन सर्वाधिक पारिश्रमिक लिने अभिनेतामा परेका छन् । ‘पुष्पा २’का लागि अल्लु अर्जुनले १२५ करोड पारिश्रमिक लिएका छन् । यससंगै उनी तेस्रो सर्वाधिक पारिश्रमिक लिने भारतीय अभिनेता बनेका छन् ।
तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछिअल्लु अर्जुन भारतका चर्चित स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडममा ठूलो वृद्धि भएको छ । त्यसैले उनलाई पुष्पा २ का लागि ठूलो रकम अफर गरिएको हो ।
भारतिय सञ्चार माध्यमका अनुसार पुष्पा २ को बजेट ४५० करोड रहेको छ । जसमा अल्लु अर्जुनले पुष्पा २ का लागि १२५ करोड पारिश्रमिक लिएका छन् । उनी पारिश्रमिकको मामिलामा सलमान खानको बराबरीमा पुगेका छन् । सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’का लागि पनि १२५ करोड लिएको खबर आएको छ ।
प्रतिक्रिया दिनुहोस