काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । बिहिबारदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ ।आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् । वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपाली वियर उद्योगमा पर्ने भएको छ।
आर्थिक वर्षमा नेपालमा ५ लाख ४६ हजार मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । यस्तो आयातमध्ये अधिकांश चामल, धान र कनिका भारतबाट नै आयात भएको हो ।
प्रतिक्रिया दिनुहोस