aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घटेन कृषिमा विदेशको भर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
घटेन कृषिमा विदेशको भर

नेपाल भौगोलिक रूपमा इजरायलभन्दा भन्डै सात गुणा ठूलो छ। इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ। पानी आक्कलझुक्कल पर्छ।

कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषि पेसामा आबद्ध छन्। त्यो मुलुकले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ।

नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत (झन्डै १ अर्ब ९० करोड) जनता कृषि पेसामा छन्। नेपाल ‘कृषिप्रधान’ मुलुक भनेर चिनिन्छ। कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ। तर यही मुलुक कृषिमा परनिर्भरता चुलिएको छ।

सन् ६० को दशकमा नेपाल धानचामल निर्यात गर्ने मुख्य मुलुकमा पथ्र्यो। मुलुकले आव ०७५।७६ मा एक खर्ब ६० अर्ब ५८ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ। कृषिका अन्य उत्पादनसमेत जोड्ने हो भने झन्डै दुई खर्ब हाराहारीमा कृषिजन्य वस्तु आयात भएको समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस