काठमाडौं । बिहे नेपाल भीआइपी क्लब समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्ट सँगको साईनिङ्ग सेरोमोनि सम्पन्न भएको छ। सो कार्यक्रम बिहिबार त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्ज सम्पन्न भएको छ ।
उक्त अवसरमा नेपाल विज्ञापन संघ –आन) का पूर्व अध्यक्ष तथा ‘एड गुरु’ निर्मल राज पौडेलले भीआईपी क्लब को भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरि उद्घाटन गरे ।
उक्त अवसरमा बिहेनेपाल को तर्फ बाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्ट को तर्फ बाट रिजा पौडेलले सम्झौतामा हस्ताक्षर गरिन् । साथै उद्घाटित बिहेनेपाल भीआईपी क्लब को बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिइन् ।
श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदि बहिनी) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेका हुन् । यस कार्यक्रमलाई भेस्पर वाइन र कर्मा लाउन्जले प्रायोजन गरेको हो।
प्रतिक्रिया दिनुहोस