काठमाडौं । गोकर्णेश्वर नगरपालिका ७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस