aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

डढेलधुरामा देउवालाई मल्लको काउण्टर

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २५ भदौ २०७९
डढेलधुरामा देउवालाई मल्लको काउण्टर

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् । कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस