aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

राहुल गान्धीको कार्यक्रमभन्दा उनको टिसर्ट बढी चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ भदौ २०७९
राहुल गान्धीको कार्यक्रमभन्दा उनको टिसर्ट बढी चर्चा

एजेन्सी । भारतमा कांग्रेसको ‘भारत जोडो यात्रा’ मा राहुल गान्धीको कार्यक्रमभन्दा उनको टिसर्ट बढी चर्चामा थियो । भाजपाले राहुलको तस्बिरसहितको ट-(शर्टको फोटो सामाजिक सञ्जालमा राखिएको छ। जसमा यो टिसर्टको मूल्य ४१ हजार रुपैयाँ देखाइएको छ । बीजेपीले लेख्यो आफ्ना सामाजिक सञ्जालमा, 'भारतलाई हेर ४१ हजार टीसर्ट छ ।' 

भाजपाले कांग्रेस नेता राहुल गान्धीलाई निशाना बनाएको छ । भाजपाले ‘भारत जोडो यात्रा’ मा राहुलले ४१ हजार मूल्यको टीसर्ट लगाएको दाबी गरेको छ । बीजेपीले आफ्नो ट्वीटमा टी(शर्ट निर्माताको मूल्य पनि देखाएको छ। 

यसको जवाफमा कांग्रेसले यात्रामा जम्मा भएका भीडबाट भाजपा त्रसित भएको बताएको छ। बोल्ने हो भने बेरोजगारी र मुद्रास्फीतिको कुरा गर । बाँकी कपडाको चर्चा गर्ने हो भने मोदीजीको १० लाखको सुट र १.५ लाखको चस्मा चर्चामा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस