
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल उम्मेदवार छनोटमा जुटेका छन् ।
क्षेत्र, जिल्ला, प्रदेशबाट उम्मेदवार धमाधाम सिफारिस हु“दै केन्द्रसम्म पुगेका छन् । केही दिनभित्रै पार्टीका केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउँदै छ । तर, क्षेत्र, जिल्ला, प्रदेश कमिटीबाट सिफारिसमा परेका केही उम्मेदवार यस्ता छन्, जसलाई समाजले स्वीकार्न नसक्ने अवस्थाका छन् ।
राजनीतिक दलले सार्वजनिक रूपमै नैतिक पतन भएका गुन्डा नाइकेदेखि जघन्य अपराधका आरोपितसम्मलाई उम्मेदवार सिफारिस गरेका छन् । पार्टीभित्रको संरचनामा ती व्यक्ति हाबी भएका कारण उनीहरू सिफारिसमा परेका हुन् ।
भ्रष्टाचारका आरोपित, गुन्डा नाइके, आपराधिक क्रियाकलापमा संलग्न भएका आरोपित उम्मेदवारका रूपमा सिफारिस भएपछि नागरिक समाजका अगुवाले आपति जनाएका छन् ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेस“गै चुनावी सरगर्मी गाउँघरमा बढेको छ । महान् पर्व दसैं–तिहार, छठ सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता गाउँ गाउँघर पुगिरहेका छन् ।
उम्मेदवार छनोट गर्दै उनीहरूले केन्द्रीय कमिटीमा सिफारिस गरेका छन् । तर, स्थानीयले ‘राजनीतिक दलले सक्षम, इमानदार र भरोसायोग्य उम्मेदवार सिफारिस नगरेको’मा चिन्ता व्यक्त गरेका छन् ।
मतदाताको चाहनाबमोजिम सक्षम र इमानदारभन्दा पनि दल र नेताका स्वार्थ जोडिएकालाई उम्मेदवार बनाउने अभ्यास विगतदेखि नै कायम रहेकाले नागरिक अगुवा चिन्तित छन् ।
सक्षम, इमानदार, भरोसायोग्य उम्मेदवार चयन नगर्दा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा युवा पुस्ताका उम्मेदवार कतिपय ठाउँमा विजयी भए । आगामी निर्वाचनमा समेत युवा पुस्ताका उम्मेदवारले दाबी हुने सम्भावना देखिएको छ ।
विवादित उम्मेदवार सिफारिस
मोहम्मद अफताब आलम
‘जिउँदा व्यक्तिलाई इट्टा भट्टामा हालेर सामूहिक हत्या गरेको’ अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमलाई नेपाली कांग्रेस रौतहटले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र २, क्षेत्रीय कार्यसमितिले आलमको नाम सर्वसम्मत प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको हो । आलमसँगै महिलाबाट अञ्जु झाको नामसमेत सिफारिस गरिएको छ ।
आलममाथि २०६४ सालको संविधानसभा चुनाव प्रभावित पार्न बम विस्फोट योजना बनाएको, बम बनाउँदा विस्फोट भएर घाइते भएकालाई जिउँदै इँटा भट्टामा पोलेर हत्या गरेको आरोप छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले दायर गरेको अभियोगपत्रमा ‘आलमविरुद्ध ४५ वर्ष कैद सजाय माग दाबी’ गरिएको छ । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोट गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी कसुरमा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।
सो मुद्दामा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आलम हाल ललितपुर नख्खु कारागारमा छन् । आफुलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका छन् । उनको निवेदनमा सुनुवाइका लागि पेसी तोकिँदै, सर्दै गरेको छ ।
आलमको नाम उम्मेदवारका रूपमा कांग्रेसले सिफारिस गरेपछि पार्टीको चौतर्फी आलोचना भयो । पछि, कांग्रेस महामन्त्री गगन थापाले ‘आलमलाई पार्टीले उम्मेदवार नबनाउने’ सार्वजनिक रूपमा अभिव्यक्ति दिनुप¥यो । तर, जिल्लाबाट सिफारिस भएका आलमलाई केन्द्रले ‘टिकट दिन्छ कि दि“दैन रु’ हेर्न बाँकी नै छ ।
विजयकुमार गच्छदार
भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा रहेका कांग्रेस नेता विजयकुमार गच्छादार प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।
सुनसरी क्षेत्र ३ क्षेत्रीय समितिले सर्वसम्मत गच्छदारको नाम सिफारिस गरेको हो । बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतको आदेशले निलम्बनमा रहेका उनलाई पनि उम्मेदवार हुनेगरी सिफारिस गरेपछि कांग्रेसको तीव्र आलोचना भइरहेको छ ।
भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दर्ता भएपछि गच्छदार २०७६ माघमा सांसदबाट निलम्बनमा परेका थिए । उनी मुद्दा दायर हुँदा फरार प्रतिवादी र पछि अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए ।
मिलन गुरुङ (चक्रे मिलन)
गोरखा क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन)सहित तीन जनाको नाम सिफारिस भएको छ । क्षेत्र २ निर्वाचन क्षेत्रीय कमिटी बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेका चक्रे मिलन सम्पत्ति शुद्धीकरणलगायत आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न समय पक्राउ पर्दै आएका थिए ।
२०७४ को निर्वाचनमा मनाङ प्रदेशसभा (ख) मा ‘गुन्डा नाइके’ भनेर चिनिएका ‘दीपक मनांगे’ उर्फ राजीव गुरुङले एमालेबाट टिकट मागे, नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए ।
देशभर वाम गठबन्धन गरेर उम्मेदवार दिएको एमालेले ‘बागी’ उम्मेदवारी दिएका मनांगेलाई जिताउन मनोनयन दर्ता भइसकेपछि आप्mना उम्मेदवार खान्डा लामाको उम्मेदवारी फिर्ता लियो र समर्थन गर्यो ।
मनांगे प्रदेशसभा सदस्य बने । प्रदेशसभामा स्वतन्त्र सांसदको हैसियतमा प्रवेश लिएका उनले ठूलो दल तत्कालीन नेकपा विभाजित हुँदा चलखेलको मौका पाए र दुई पटक मन्त्रीसमेत भए ।
गणेश लामा
मनांगे पथमै अगाडि बढेका छन्, अर्का ‘गुन्डा नाइके’ गणेश लामा । उनी अहिले नेपाली कांग्रेस केन्द्रीय सदस्य नै भइसकेका छन् ।
तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेर २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे–१ (ख)मा उम्मेदवार बनेका लामा अहिले फेरि त्यही क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् । उनलाई उम्मेदवार बनाउन काभ्रे कांग्रेसले सिफारिससमेत गरिसकेको छ ।
राजनीतिक आडमा रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको आरोप लागेका उनी पटक–पटक हिरासत बसेका छन् भने उनीमाथि अकूत सम्पत्ति आर्जनको आरोप छ ।
नागरिक समाजका अगुवा आपत्ति
नागरिक समाजका अगुवाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी छनोट गर्दा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले संविधानको भावना, राज्यपद्धति, नागरिकको सरोकार र जनआदेशको मर्मको ख्याल नगरी ‘आपूm र आप्mनो घेरामा’ संकुचित दलीय सोचबाटमाथि उठ्न आग्रह गरेका छन् ।
नागरिक अगुवा केदारभक्त माथेमा, विनोद सिजापति, दमननाथ ढुंगाना, भोजराज पोखरेल, मोहना अन्सारी, रामेश्वर खनाल, डा. रीता थापा, वीरेन्द्र मिश्र र डा. सन्दुक रुइत र स्टेला तामाङले विज्ञप्ति जारी गर्दै दललाई यस्तो आग्रह गरेका हुन् ।
जनता शासन सञ्चालन हुँदा आफु ठगिएको महसुस गरी नागरिकमा आम रूपमा बढेको आक्रोश र नैराश्यताजस्ता विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।
जस्तोसुकै कठिन अवस्थामा समेत निर्वाचनका माध्यमबाट शान्तिपूर्वक सत्ता हस्तान्तरण नेपालको प्रजातान्त्रिक अभ्यासको ‘सुन्दर पक्ष’ भएको जनाउँदै उनीहरूले ‘यसैको कडीको अर्को अभ्यासस्वरूप ४ मंसिरमा हुन लागेको आमनिर्वाचनको सफलताका लागि राज्यको सम्पूर्ण ध्यान केन्द्रित भएकाले उम्मेदवारी छनोट गर्दा ध्यान दिन’ आग्रह गरेका छन् ।
‘सिंगो प्रणालीप्रति नै नकारात्मक सोच बढ्दो छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका पात्रको यस्तै प्रवृत्ति निरन्तरताले ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने त होइन भन्ने आमचासो र चिन्ताप्रति गम्भीर सरोकार छ,’ विज्ञप्तिमा उल्लेख छ ।
गुन्डानाइके मात्रै होइन, दलहरूले भ्रष्टाचार र जघन्य अपराध आरोपमा जेल बसेका नेतालाई समेत उम्मेदवारका रूपमा चर्चामा ल्याएका छन्, सिफारिस गरेका छन् ।
२०७४ मा निर्वाचित सांसद् विजयकुमार गच्छदार र मोहम्मद आफताब आलम अहिले प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् । यद्यपि, उनीहरू अहिले उम्मेदवारका लागि स्थानीय कमिटीले सिफारिस गरेको छ ।
रेशम चौधरी
२०७४ मा वारेसनामामार्फत् मनोनयन दर्ता गराएर निर्वाचनमा विजयी रेशम चौधरीलाई समेत नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर चौधरी अहिले जेल सजाय काटिरहेका छन् । तर, उनलाई बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७२ को घटनालाई लिएर जेल परेका चौधरीले जेलबाटै श्रीमती रञ्जिताको नाममा पार्टी खोलेका छन् । स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल बनेको छ । थारु आन्दोलन पक्षधरले टीकापुर घटनालाई आपराधिक नभई राजनीतिक घटनाका रूपमा लिनुपर्ने दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस