aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दार्चुलाको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु, चार बेपत्ता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २६ भदौ २०७९
दार्चुलाको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु, चार बेपत्ता

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित भएका हुन् ।

महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराका अनुसार लस्कु खोला यसअघि त्यसरी कहिल्यै बाढी आएको थाहा थिएन । ‘३–४ बर्षअघि खोलामा बाढी आएको थियो,’ वडा अध्यक्ष चुनाराले भने, ‘तर त्यति वेला क्षेति खास्सै भएको थिएन, यसपटक एक्कासी खोला उर्लिएर आउँदा अकल्पनिय क्षति भोग्नु परेको छ ।’

खोलाको माथिल्लो भागमा वर्षाको पानी जम्मा भएर एकै पटक बग्दा ठुलो क्षति भएको हुनसक्ने उनको अनुमान छ । वडा नम्बर–१ र २ का ठाउँठाउँमा सडक खनिएका छन्,’ वडा अध्यक्ष चुनाराले भने, ‘ती सडक खन्दा खोलामा ढुंगा माटो थुप्रिएको थियो, त्यसले खोला थुनेर ड्याम बनेको हुन सक्छ, ड्याम एकै पटक खुल्दा बढी आएको होकी भन्ने अनुमान छ । तर, यो नै कारण हो भनेर भन्न सकिने अवस्था भने छैन ।’

३–४ वर्षअघि पनि बाटो खन्दा खोलामा पानीको सहत बढेको उनले बताए । ३–४ बर्ष अघि खोलाको माथिल्लो क्षेत्रमा सडक खनिएका थिए,’ उनले भने, ‘त्यतिवेला पहिलो पटक खोलामा पानीको सतह धेरै बढेको थियो ।’ वडा अध्यक्ष चुनाराका अनुसार लस्कु खोलाको उद्मस्थल महाकाली नगरपालिका भित्रै पर्छ । वडा नम्बर–२ भएर बग्ने लस्कु खोला वडा नम्बर–३, १ हुँदै वडा नम्बर–४ बाट महाकालीमा मिसिने गर्छ ।

प्रतिक्रिया दिनुहोस