
वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो ।
व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ ।
बैदेशिक रोजगार विभागका अनुसार गत आवमा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी परेका छन्। विभाग स्रोतका अनुसार दुई हजार ७९ उजुरीमा ९६ करोड रुपैयाँ ठगीको दाबी गरिएको हो। यसमा व्यक्तिगतभन्दा म्यानपावर व्यवसायीबाट (संस्थागत उजुरी) ठगिने बढी छन्।
विभागका अनुसार संस्थागत उजुरी एक हजार दुई सय ६३ छन् । व्यक्तिगततर्फ आठ सय १९ उजुरी दर्ता भएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले उजुरीको संख्या संस्थागतमा धेरै देखिए पनि व्यक्तिगतमा बढी रकम ठगि जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस