aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यसपालीको दशैंमा नेपालीको भान्सै महंगो हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
यसपालीको दशैंमा नेपालीको भान्सै महंगो हुने

काठमाडौं । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो ।

भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ । धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस(युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा सङ्कट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथमिकतामा राखेको छ । नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस