aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

४० दिनका  लागि नेपाल प्रहरीमा जागीर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
४० दिनका  लागि नेपाल प्रहरीमा जागीर खुल्यो

काठमाडौं । आगामी र्मसिर ४ गतेदेखि हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागले ४० दिनका लागि म्यादी प्रहरी भर्नाका लागि निवेदन माग गरेको हो । प्रहरी प्रधान कार्यालय मानश्रोत सोधन महशाखाका अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

 इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरूले पनि  भाग लिन पाउने छन् । 

आवेदन दिनलाई नेपाली नागरिकले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१(३३ इन्च, तौल ५० केजी । महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएकाले भाग लिन पाउने सूचनामा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस