काठमाडौं । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेसागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन भाद्र २३ र २४ गते कलंकी काठमाडौंमा सम्पन्न भएको छ । उक्त राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल नगरपालिका संध अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुले गरेका थिए।
महाधिवेशनमा देशभरि रहेका सबै नगरपालिकाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको भव्य उपस्थिति रहेको थियो। समारोहमा पूर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी पूर्व संयोजक श्रीराम आचार्य, पूर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती थियो ।
बन्दशत्रबाट डम्बर रोगुको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ । समितीमा वरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल तथा महासचिव सितु प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । साथै संगठनको कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सह कोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित भएका छन् ।
उक्त महाधिवेशनबाट १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वाग्मती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्बिनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएका छन् । यसै गरी केन्द्रीय सदस्यहरूमा निर्मला बस्नेत, निरञ्जनकुमार क्षत्री, ज्ञानप्रसाद अर्याल’, ठगिश्वर पोखरेल. मधुसूदन घर्ती, बद्रीप्रसाद रिमाल, सञ्जयकुमार ढुङ्गाना,सञ्जीवकुमार सिंह, भिमबहादुर विश्वकर्मा, सुशील कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डम्बर रोगुले आफ्नो कार्यकालमा एसोसिएसनलाई संस्थागत गर्दै पालिका स्तरमा विस्तार गर्ने र कर्मचारीहरुको वृत्ति विकास र सेवाको सुरक्षाको लागि साझा पहल गरिने बताए । साथै उनले गठित कार्य समितिका सबै पदाधिकारीहरूको सामूहिक उत्तरदायित्व र जिम्मेवारी सम्पादनको प्रणालीबाट संस्थाको नियमित गतिविधि सञ्चालन गरिने बताए। ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल नगरपालिका संध अध्यक्ष अशोक व्यन्जुले स्थानीय तहहरूमा जनप्रतिनिधिहरू र कर्मचारीबिचको साझा प्रयत्नबाट मात्र सरकारका सेवा प्रवाह प्रभावकारी र नतिजामुखी बन्ने बताए ।
“ सङ्घीय सरकारबाट संविधानतः स्थानीय तहलाई प्राप्त भएको अधिकार कटौती भएकाले यसलाई संस्थागत गर्न नेपाल नगरपालिका सङ्घ र कर्मचारी एशोसिएसनबीच साझा अवधारणा बनाएर अगाडि बढ्नु पर्दछ ।“ अध्यक्ष व्यन्जुले भने, “सङघी सरकारले लोकतन्त्रको आधार स्तम्भ स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधि र कर्मचारीहरुको लागि सेवा प्रवाह गर्न आवश्यक क्षमता विकासका लागि योजना तथा कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।”
प्रतिक्रिया दिनुहोस