aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका १३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस