aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सात लाख ५३ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
सात लाख ५३ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सात लाखभन्दा बढि नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्सा पोखरिया नगरपालिकाबाट हुण्डी कारोबारमा संलग्न पोखरिया नगरपालिका ९ बैरिया विर्ताको ३५ वर्षीय महम्मद रिजवान आलमलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

पर्सा विरगञ्ज नगरपालिका २ को श्रीराम सिनेमा हल पछाडी गोरेटो सडक खण्डमा प्रदेश २–३–०१२ प २०४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा आलमको खल्तीबाट स्रोत नखुलेको सात लाख ५३ हजार ३ सय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस