aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सुन तस्करीमा चिनियाँको सक्रियता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
सुन तस्करीमा चिनियाँको सक्रियता

काठमाडौँ । हङकङबाट त्रिभुवन अन्चर्राष्ट्रिय विमानस्थल ओर्लिएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज साउन २० मा चर केजी सन सहित पक्राउ परे ।

त्यसको करिब चार महिना अघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्गलबाटै समातिएका थिए । सङ्गठित सुन तस्करीमा चिनियाँको शृंखलाबद्ध संलग्नता नेपालका लागि चासोको विषय बन्न थालेको छ ।

०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ । कारागार व्यवस्थापन विभागका अनुसार देशभरका जेलमा रहेका २३ हजार कैदीमा विदेहीको सङ्ख्या ११ सय ७२ छ । यिनमा चिनियाँ ९ जना छन् । ती मध्ये धेरै जसो सङ्गठित सुन तस्करी र विदेशी मुद्राको अवैध ओसारपसारमा पक्राउ परेका हुन् । 

०७४ भाद्र १९ मा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीको एक होटलबाहिर रोकिराखेको गाडीमा फल्स बटम भित्र लुकाइएको ८८ केजी सुन बरामद गरेको थियो । केरुङ नाका हुँदै भित्रिएको उक्त सुन ठमेलमै होटेल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको सूचना थियो । तर मिङ काठमाडौँबाट भाग्न सफल भएको खबर आजको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस