aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जडिबुटीको सडक छेउमा रहेको बुढो घर आज ढल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
जडिबुटीको सडक छेउमा रहेको बुढो घर आज ढल्यो

काठमाडौं । काठमाडौं र भत्तपुरको सिमानामा पर्ने जडिबुटीको सडक छेउमा रहेको बुढो घर आज ढलेको छ । माइले खत्रीले २०४३ सालमा १८ हजारमा किनेको उक्त जग्गा सरकारले राजमार्ग निर्माणका लागि भनेर २७ कात्तिक २०६४ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइलीलाई घरको क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ बुझ्न आउन भन्दै सूचना जारी गरेको थियो ।  जग्गाकी मुख्य धनी माइलीको मृत्यु भइसकेको छ ।  

अपांगता भएकी माइलीले २०२५ सालतिर जडीबुटीको उक्त जग्गामा चियापसल थापिन् । त्यसैबाट दैनिक गुजारा चलाइन् । चिया बेचेर माइलीले किनेको यो जमीन अहिले भने सरकारको स्वामित्वमा पुगिसकेको छ ।

२०७१ सालमा सर्वोच्च अदालतको तत्कालीन न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले माइलीकै पक्षमा फैसला गरेको थियो  । सरकारले यो निर्णय २०२१ फागुन ११ मा प्रकाशित गजेटलाई देखाएर गरेको थियो । राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार प्रकाशित गजेटमा काठमाडौं–कोदारी खण्डलाई राजमार्ग घोषित गरेर राजमार्गको केन्द्रबाट दायाँ–बायाँ २५÷२५ गज अर्थात् ५० गजको सीमा तोकिएको थियो । २०२५ फागुन ३० गते फेरि गजेट प्रकाशित भयो, जसमा सडकको चौडाइ ५० गज नै कायम थियो ।

तर सरकारले सार्वजनिक सडक ऐन २०३१ ले दिएको अधिकार प्रयोग गरेर २० असार ३०३४ मा राजमार्गको चौडाइ केन्द्रबाट दायाँ–बायाँ २५÷२५ मिटर अर्थात् ५० मिटर कायम गर्दै राजपत्र प्रकाशित ग¥यो । ५० गजको सडकलाई ५० मिटर बनाउँदा माइलीको घरजग्गा जाने भयो । सुरुमा सडक बनाउँदा २५ गजको मात्र क्षतिपूर्ति दिइएको थियो । 

अब ५० मिटर बनाउँदा थप जमीन अधिग्रहण गरेर मुआब्जा दिनुपर्ने थियो । उक्त स्थानमा आज भदौ २६ गते काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले डोजर लगाएर उनको त्यो बुढो घर र त्यसमा रहेको माइलीको परिवारको व्यापार समेत तहनस बनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस