aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

'तातोपानी नाका तत्काल खुला गर्ने प्रयास  जारी छ'

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २७ भदौ २०७९
'तातोपानी नाका तत्काल खुला गर्ने प्रयास  जारी छ'

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए ।

 उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउँदै यहि दसैं भन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने जानकारी गराए ।

उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको नियन्त्रणामा चान्सु सोमबार ४ दिनका लागि भ्रमणमा आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस