aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रोपाइँ गर्न खेतमै जाग्राम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
रोपाइँ गर्न खेतमै जाग्राम

कोहलपुर । मंगलसैन नगरपालिका–१३ बस्तीको अधिकांश क्षेत्रमा रोपाइँ हुन सकेको छैन । जिल्लाकै धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिएका बस्तीका खेत बाँझै छन् ।

आमाडालाका ५० वडपीपलका ६, भावर खोलाका ३०, नवाडीका ७, बडीघाटका १०, कोसैनका २० र भीमलाका ४० गरी १६३ परिवारका खेतमा रोपाइँ नभएको हो । ‘कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर किसान खेतमै जाग्राम बसेका छन् ।’ स्थानीय टेकबहादुर धामीले भने, ‘खेतमै त्रिपाल टाँगेका छौ ।’

आकाशे पनिको मौका छोपी खेती गर्नुपर्ने उनीहरूको पुरानै नियति हो । सेती नदीसँगै जोडिएको खेत हिउँदमा मात्र होइन, वर्षमा पनि सुख्खै रहन्छ । साउन सकिनै लाग्दा पनि वर्ष नभएपछि खेत यो वर्ष पनि बाँझै रहने चिन्ता उनीहरूको रहेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस