aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

नक्कली नोटसहित राजु सहनी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
नक्कली नोटसहित राजु सहनी पक्राउ

सिरहा । बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोट सहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्लकी नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस