aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अहिलेको नागरिकता विधेयक फिर्ता गर : केपी शर्मा ओली

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २८ भदौ २०७९
अहिलेको नागरिकता विधेयक फिर्ता गर : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्धका नागरिकता पाएका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । सोमबार धनुषा जिल्ला कमिटीले जनकपुरको तिरहुतियागाछीमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भनेर म प्रधानमन्त्री हुँदा मैले अध्यादेश ल्याएको थिए । अध्यादेशमार्फत कानुन बनाएर ५र६ हजार मान्छेलाई नागरिकता बाँडिसकेका थिए । ओलीले भने, तर यहीँ गठबन्धनका नेताहरूको इसारामा अदालतमा मुद्दा हालेर रोक्न लगायो ।

अहिलेको सरकारले नागरिकता दिन खोज्छ त ? देशको प्रमुख पार्टीसँग सरसल्लाह गर्दैन । राष्ट्रपतिसँग विचार विमर्श गर्दैन राष्ट्रपतिले उठाइएको विषयमा एकपल्ट छलफल गर्नुस् न भन्दा गर्दैन । संसदमा पठाउँदा एकपल्ट छलफल गर्दैन। ओलीले भने, बाहिरै संविधानले नचिनेको अनागरिक मान्छेहरू बसेर राष्ट्रपतिको कुरा नमाने। त्यसलाई छलफलमा नलाग्ने बलजफ्ती गठबन्धनको बलमा हामीसँग बहुमत छदैछ । त्यसलाई अस्वीकार गर्न लगायो ।

एक हप्ता अगाडिदेखिनै भनिरहेको छु नागरिकताको समस्या गम्भीर समस्या हो । कमसेकम अहिले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउनुपर्ने यति कुरा संसदमा पास गरौंन । उनले भने, अहिले पनि संसद चालु छ, म गठबन्धन सरकारलाई भन्न चाहन्छु । प्रस्ताव ल्याउ संसदमा तुरुन्त पास गराउने जिम्मा मेरो । प्रतिपक्षले तुरुन्त भोट हाल्छ । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ एमालेको नारा हो ।

प्रतिक्रिया दिनुहोस