aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

चार/चार लाखको पुरस्कार पाए राज र काइँलाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
चार/चार लाखको पुरस्कार पाए राज र काइँलाले

काठमाडौं । यस वर्षदेखि  पुरस्कारको राशी चार-चार लाख रूपैयाँ पुयाएइको मदन पुरस्कार तथा जगदम्बश्री क्रमश : 'रणहार' पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँला (तील विक्रम  नेम्बाङ) दिइने भएको छ।

मदन पुरस्कार नेपाल तथा नेपाल बाहिरबाट  नेपाली भाषामा प्रकाशित र गुठीको विधान अनुसार गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट एक पुस्तकलाई तथा जगदम्बाश्री विभिन्न माध्यमबाट नेपाली वाङमयको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई  प्रदान गरिंदै आएको छ ।

आइतबार बसेको मदन  पुरस्कार गुठीको साधारणसभाले 'रणहार' लाई वर्षको मदन पुरस्कार र कवि वैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई 'लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन र अनुसन्धानमा योगदान पुयाएबापत जगदम्बाश्री प्रदान गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

मदन पुरस्कारका लागि गुठीले सानु शर्माको 'एकादेशमा', विन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', कुमार नगरकोटीको 'ज्ञ, देन काविमोको 'फातसुङ', महेश थापाको मरीचिका, योगेश राजको 'रणहार' र ध्रुव सापकोटाको विचारको लाश'लाई सम्भावित कृतिको सूचीमा यस राखेको थियो। गुठीलाई प्राप्त भएका दुई सय ५७ कृतिहरूबाट ती कृति छानिएका थिए।

 'रणहार' का मुख्य पात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत  मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका  सेना र चलाखीपूर्ण कदमहरूबाट राज्य गुमाएको ऐतिहासिक घटनामा केन्द्रित रहेको छ।  गुठीले जनाए अनुसार आगामी असोज १२ मा पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस