
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत: धरान बजारमा पानी ल्याउन सफल भएका छन् ।
मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन् । पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
भिडियोसँगै उनले लेखेका छन्,’खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकीछ ! सर्दुसँग त झन ठुलो आउनेछ फोहोरा !
उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।
साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस