aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

रेष्टुरेण्टभित्र जुवातास खेलिरहेका नौ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
रेष्टुरेण्टभित्र जुवातास खेलिरहेका नौ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका ७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा सुबेदी लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस