काठमाडौं । सोमबारदेखि काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस