
एजेन्सी । भारतमा बढ्दो आर्थिक मन्दीले हुनसक्ने बेरोजगारीको त्रासमा मानिसहरुले आत्महत्या समेत गर्न थालेका छन् ।भारतको झारखण्डका मुख्यमन्त्रीका आईटी सह-संयोजक कुमार विश्वजीतका छोराले जागिर जाने डरले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्ने २६ वर्षीय कुमार आशीष 'टाटा मोटर्स' को लागि काम गर्ने कम्पनि 'आटोमैटिक एक्सेल' मा कार्यरत थिए । बिबिसीले जनाए अनुसार उनले अप्रिय निर्णय गर्नु पुर्व आफ्नी श्रीमतीलाई कलेज मै गैर भेटेका थिए । त्यसपछि साथीहरुसंग केहीबेर घुमेर घर फर्किएपछी उनले पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् ।
स्मरण रहोस, अटोमोबाईल क्षेत्रमा देखापरेको मन्दीको कारण हालसालै भारतमा लाखौंले रोजगारी गुमाएका छन् । सरकारले तिब्र गतिमा अघि बढाएको निजीकरणको कारण अहिले ठुलो संख्यामा रोजगारी गुम्ने त्रास भारतमा ब्याप्त छ ।
किसानको आत्महत्याको कारण अन्त्रराष्ट्रिय रुपमा नै बदनामी कमाएको भारत अब बेरोजगारीका कारण हुनसक्ने आत्महत्याले थप बदनाम बन्ने सम्भावना बढेको विश्लेषण शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस