
काठमाडौं । राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।
कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते ९सन् १९३४ अप्रिल २० जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन्।
उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ।
उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी भएको थियो । उनले सन् १९३४ मा बेलायतमा राजदूतावास सञ्चालनका लागि नेपालबाट लन्डन जाने पहिलो टोलीको सदस्यका रूपमा उक्त राहदानी लिएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन् । उक्त भ्रमण दललाई वोजस्वी राजन्न मिसनु नाम दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस