काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू(भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानभन्दा दक्षिणमा पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । त्यस्तै, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस