aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

न्यायाधीशको सिफारिस परेकाहरु अयोग्य लागेमा असोज ७ गतेभित्र उजुरी दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
न्यायाधीशको सिफारिस परेकाहरु अयोग्य लागेमा असोज ७ गतेभित्र उजुरी दिन सकिने

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा परेका तीनजना अयोग्य लागेमा उजुरी दिन आह्वान गरिएको छ । संघीय संसद संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै उजुरी आह्वान गरेको हो ।  

संसदीय सुनुवाइ समितिले नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुली न्यायाधीशमा सिफारिस भएका छन् । उक्त पदमा उनीहरुलाई उनीहरुलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित आगामी असोज ७ गते भित्र उजुरी दिन सकिने भएको छ ।  

प्रतिक्रिया दिनुहोस