aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । 

बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । 

अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस