aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

स्रोत नखुलेको एक लाख ४४ हजारसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
स्रोत नखुलेको एक लाख ४४ हजारसहित दुई जना पक्राउ

सप्तरी । स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राजविराज नगरपालिका ५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४  हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित भारत घर भएका ३६ वर्षीय मो।समसुर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस