aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

निलम्बित चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौति

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ३० भदौ २०७९
निलम्बित चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौति

काठमाडौं । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको शन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दावी गरेका छन् । न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आवद्ध पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस