
काठमाडौं । कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिए ।
चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ । साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल पठाइनेसमेत उल्लेख गरिएको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस