aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सर्यो

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस