aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

विभिन्न ठाउँमा आठ जना मृत अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
विभिन्न ठाउँमा आठ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न ठाउँमा आठ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले इलाम, सुनसरी, चितवन, म्याग्दी लगायत ठाउँमा आठ जना मृत अवस्थामा फेला परेको जानकारी दिएको हो । 

प्रहरीका अनुसार ईलामको रोङ गाउँपालिका ४ तितुङ्गेस्थित छाप्रोमा बस्दै आएका झापा मेचीनगर नगरपालिका ४ बाहुनडाँगी घर भएका ७५ वर्षीय जित बहादुर राई आफ्नै छाप्रो बाहिर बुधबार मृत अवस्थामा फेला परेका छन् । यता, सुनसरीको धरान उपमहानगरपालिका २० टोडके डाँडा बस्ने ६४ वर्षीया पूर्णसरी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै, चितवनको खैरहनी नगरपालिका १२ सिस्हनीस्थित सडक छेउमा सोही ठाउँ बस्ने गुरौ कान्छा भन्ने ६० वर्षीय कान्छा महतो बुधबार मृत अवस्थामा फेला परेका छन् भने म्याग्दीको रघुगंगा गाउँपालिका ३ घोरेढुङ्गास्थित कालीगण्डकी नदीको किनारमा अन्नपूर्ण गाउँपालिका ३ नारच्याङ बस्ने २६ वर्षीय नरेश परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । उता, लमजुङको बेसीशहर नगरपालिका ७ मनाङ चौतरास्थित होटलको कोठामा भारत घर भई हाल बेसीशहर नगरपालिका ३ रानिकुवास्थित सुगम अटो वर्कसपका संचालक प्रवेश भनिने ३८ वर्षीय तब्रेज खाँन पनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरि, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलस्थित पानीमा तैरिरहेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षय पुरुष बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै, झापाको दमक नगरपालिका १० स्थित मिश्रटोलबाट मावा खोलातर्फ जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् भने पर्साको वीरगञ्ज महानगरपालिका २ छठीघाटमाई मन्दिरस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस