aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कोका–कोलाको दशैं विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
कोका–कोलाको दशैं विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दशैंको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दशैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दशैंको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका–कोलाले जनाएको छ ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दशैंलाई राखेको छ । र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले यो वर्षको “सम्बन्ध उत्सव स्वादसँग” लाई लिएर म एकदमै उत्साहित रहेको बताए । उनले ठ्याक्कै दशैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो ।

उनले भने, ‘दशैं विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ ।’  
 

प्रतिक्रिया दिनुहोस